मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका वासिंगटन
२०७८ चैत १२ शनिबार १६:२२:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

उच्च मुद्रास्फीतिसँग जुध्न आइएमएफले अर्जेन्टिनालाई ४४ अर्ब डलर सहयोग गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वासिंगटन
२०७८ चैत १२ शनिबार १६:२२:००

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को कार्यकारी बोर्डले अर्जेन्टिनालाई देशको ऋण दिगोपन सुदृढ गर्न र उच्च मुद्रास्फीतिको सामना गर्न ४४ अर्ब अमेरिकी डलर विस्तारित व्यवस्थालाई अनुमोदन गरेको आइएमएफले जनाएको छ।

'आइएमएफको कार्यकारी बोर्डले आज अर्जेन्टिनाको ४४ अर्बको विस्तारित कोष सुविधा (इएफएफ)अन्तर्गत ३० महिना विस्तारित व्यवस्थालाई अनुमोदन ग–याे,' सार्वजनिक विज्ञप्तिमा भनिएको छ। आइएमएफले सार्वजनिक वित्तलाई सुदृढ पार्ने र 'निरन्तर उच्च मुद्रास्फीति'लाई कम गर्न सुरु गर्ने लक्ष्य राखेको छ।

'अर्जेन्टिनाले असाधारण आर्थिक र सामाजिक चुनौतीको सामना गरिरहेको छ, जसमा निराशाजनक प्रतिव्यक्ति आय, उच्च गरिबीको स्तर, लगातार उच्च मुद्रास्फीति, भारी ऋणको बोझ र कम बाह्य बफर छन्। यस पृष्ठभूमिमा अधिकारीहरूको आर्थिक कार्यक्रमले व्यावहारिक र यथार्थपरक उद्देश्य सेट गर्दछ,' आइएमएफका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले बताएका छन्। रासस/एएनआई