१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत ११ शुक्रबार १७:१२:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘चिसो मान्छे’को टिजर सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत ११ शुक्रबार १७:१२:००

चलचित्र ‘चिसो मान्छे’को टिजर सार्वजनिक भएको छ। शुक्रबार निर्माण टिमले चलचित्रको टिजर सार्वजनिक गरेको हो। ‘चिसो मान्छे’मा  स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका रहेको छ। चलचित्रको टिजरमा अभिनेत्री स्वस्तिमा कर्णालीको भेषभूषामा देखिएकी छिन्।
 
दीपेन्द्र के खनालको लेखन, छायांकन तथा निर्देशन रहेको ‘चिसो मान्छे’मा देशभक्त खनाल, आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मीलगायतका कलाकारको अभिनय छ। डिएस डिजिटल प्रालिको ब्यानरमा चलचित्रलाई  शर्मिला पाण्डेले निर्माण गरेकी हुन्। आगामी असार ३ गतेलाई प्रदर्शन मिति तय भएको चलचित्रलाई दीर्घ गुरुङले सम्पादन गरेका छन्।