मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ चैत ११ शुक्रबार १४:४७:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

‘गरिब मुलुकमा खाद्यवस्तुको मूल्य थप वृद्धि हुने’

Read Time : < 1 मिनेट
२०७८ चैत ११ शुक्रबार १४:४७:००

विश्व व्यापार संगठनकी महानिर्देशक एनगोसी ओकोन्जो इबेयलाले युक्रेन संकटका कारण खाद्यपदार्थको मूल्यवृद्धि भएको उल्लेख गरेकी छिन्। उनका अनुसार खाद्यपदार्थको मूल्यवृद्धि भएपछि खाद्यसंकट पनि बढ्ने खतरा देखिएको छ।

खाद्यपदार्थमा भएको मूल्यवृद्धि र खाद्यसंकटको असर सबैभन्दा बढी गरिब देशहरूमा पर्न सक्ने उनले बताइन्। ‘यसबारेमा हामी धेरै चिन्तित हुनुपर्दछ भन्ने मलाई लाग्छ। यसको असर विशेष गरेर गरिब मुलुकहरूमा बढी पर्दछ,’ उनले भनिन्।

खाद्यपदार्थको मूल्यवृद्धि र खाद्यसंकटका कारण ठूलो मानवीय क्षतिसमेत हुन सक्नेमा पनि उनले चिन्ता व्यक्त गरेकी छिन्। विश्वका धेरै देशमा खाद्यसंकटसँगै ऊर्जासंकट पनि मुख्य समस्याका रूपमा देखिँदै गएको र यो अझ बढ्न सक्ने उनको भनाइ छ। ऊर्जासंकटका रूपमा उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अभावलाई समेत संकेत गरेकी छिन्।

गार्जियनसँगको अन्तर्वार्ताका क्रममा महानिर्देशक ओकोन्जोले दुवै संकटबाट सबैभन्दा बढी पीडित हुने नै गरिब मानिस भएकाले त्यसतर्फ विश्वको ध्यान जानुपर्नेमा जोड दिइन्। रासस/एएनआई