मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत १० बिहीबार १८:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेलाई निर्वाचन जित्न बैसाखी चाहिँदैन : ईश्वर पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत १० बिहीबार १८:४९:००

प्रमुख प्रतिपक्ष दल एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जित्ने र टिक्के कार्यकर्तालाई एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनाउने बताएका छन् । केन्द्रीय कमिटी बैठक स्थानीय तह निर्वाचनमा जित हासिल गर्ने मानसिकताका साथ सम्पन्न भएको उल्लेख गर्दै पोखरेलले सिंगो पार्टीपंक्ति परिचालित गरेर अघि बढ्ने बताए । 

बिहीबार पत्रकारसँग कुरा गर्दै पोखरेलले स्थानीय तहको निर्वाचनमा एमालेले कुनै पनि खालको गठबन्धन नबनाउने पनि बताए । उनले एमालेलाई निर्वाचन जित्न बैसाखी आवश्यक नरहेको जिकिर गरे । 

आफ्नो शक्तिमाथि भर नभएकाले मात्रै निर्वाचनमा गठबन्धन गर्ने उनको दाबी छ । यद्यपि उनले स्थानीय आवश्यकताअनुसार तालमेल हुन सक्ने बताए । केन्द्रीय तहमा भने कुनै पनि प्रकारको गठबन्धन नबनाउने उनले बताए । आगामी निर्वाचन परमादेश र जनतादेशको लडाइँ भएको उनको तर्क छ ।