१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ चैत १० बिहीबार ०७:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी केन्द्रले निर्वाचनबाट छान्यो गण्डकीमा पदाधिकारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ चैत १० बिहीबार ०७:२६:००

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समितिले निर्वाचनबाट पदाधिकारी छानेको छ। बुधबार भएको निर्वाचनबाट तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्ष निर्वाचित भएका हुन्।

प्रदेश अध्यक्षमा यसअघि नै गायत्री गुरुङ ‘कुसुम’ चयन भए पनि पदाधिकारीको टुंगो लागेको थिएन। उपाध्यक्षमा गुणाखर बस्याल (पर्वत), मित्रशरण शर्मा (नवलपुर), ज्ञामनाथ गैह्रे (बाग्लुङ) निर्वाचित भएका छन् ।

सचिवमा जगन्नाथ खनाल (गोरखा), सहसचिवमा अतिन्द्रकेशरी न्यौपाने (तनहुँ), मेखबहादुर भण्डारी (लमजुङ), टेकबहादुर विक (म्याग्दी) निर्वाचत भए भने कोषाध्यक्षमा तारा भुसाल (स्याङ्जा) निर्वाचित भएका छन् ।