मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ चैत ९ बुधबार १८:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अपहरणमा परेको नाटक गरी साहुसँग फिरौती माग्ने एकजना पक्राउ

Read Time : < 1 मिनेट
२०७८ चैत ९ बुधबार १८:२८:००

दाङमा आफ्नै साहुसँग फिरौती रकम माग्ने एक व्यक्तिलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–९ घर भई हाल तुलसीपुर–४, नयाँबस्ती बस्दै आएका २४ वर्षीय जनक देवकोटा रहेका छन् । देवकोटाले आफैँ अपहरण  परेको नाटक गरी ५० लाख फिरौती  रकम मागेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका देवकोटालाई बुधबार सार्वजनिक गरिएको हो । 

देवकोटाले दाङ तुलसीपुर उपमहानगरपालिका–४, नयाँबस्तीनिवासी हरिप्रसाद रिजालको ड्रागनफ्रुट कृषि फर्मममा काम गर्दै आएका थिए। जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका रिजालको फर्ममा काम गर्दै आएका देवकोटाले विभिन्न नाटकीय शैली अपनाएर साहु रिजालसँगै फिरौती रकम मागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब  उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए । 

उनले रिजालको मोबाइलमा म्यासेज गरी ५० लाख फिरौती मागेका थिए। देवकोटाले अरू कसैले आफूलाई अपहरण गरेको नाटक गरेर आफैँले रिजालसँग उक्त रकम माग गरेका  थिए। देवकोटाले यदि ‘पैसा नदिए देवकाटालाई नै सिध्याइदिने’ भन्दै  रिजाललाई म्यासेज गरेका थिए ।