१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत ९ बुधबार १६:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बिहीबार बिहानसम्म यातायात व्यवस्था विभागको सर्भर बन्द रहने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत ९ बुधबार १६:३१:००

यातायात व्यवस्था विभागले बुधबार बेलुकी ५ बजेदेखि बिहीबार बिहानसम्मका लागि विभागको सर्भर डाउन हुने जनाएको छ। सर्भरको युपिएस चेन्ज गर्न केही समय अनलाइन सेवा बन्द हुने यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए। 

उनका अनुसार बुधबार रातभरिमा सर्भर मर्मत हुनेछ। बिहीबार बिहानदेखि अनलाइन सेवा सुचारु हुनेछ। ‘आज एक दिन मात्रै साँझ ५ बजेदेखि अनलाइन सेवा बन्द हो, रातभरिमा सर्भर मर्मत भइहाल्छ,’ उनले भने।