१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७५ फाल्गुण २७ सोमबार १२:२६:००
Read Time : < 1 मिनेट
साहित्य

‘धरहरा’ महाकाव्य लोकार्पण

Read Time : < 1 मिनेट
२०७५ फाल्गुण २७ सोमबार १२:२६:००

साहित्यकार हरिभक्त संग्रौलाद्वारा लिखित तेस्रो महाकाव्य ‘धरहरा’को लोकार्पण गरिएको छ । सुरुंगास्थित कन्काई बहुमुखी क्याम्पस परिसरमा आयोजित साहित्यिक समारोहमा उक्त कृतिको लोकार्पण गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराइर्् अर्याल र पूर्व प्राज्ञ सभा सदस्य यज्ञराज प्रसाईंले सो कृति लोकार्पण गरे । साहित्यकार हरिनारायण भट्टराईले लोकार्पित कृतिको समिक्षा गरेको कार्यक्रममा लेखक संग्रौलाले महाकाव्य र साहित्यिक जीवनबारे धारणा राखेका थिए ।

कन्काई नगरपालिका–३ सुरुंगा निवासी साहित्यकार संग्रौलाले यसअघि उषा र धरातल शीर्षकका महाकाव्य प्रकाशित गरिसकेका छन् । गत साउनदेखि हालसम्मको ७ महिने अवधिमा उनले उषा, धरातल र धरहरा महाकाव्य लेखेका छन् ।