१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ चैत ८ मंगलबार १२:४०:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

जापानले हटायो कोभिडविरुद्धका प्रतिबन्धहरू

Read Time : < 1 मिनेट
२०७८ चैत ८ मंगलबार १२:४०:००

जापान सरकारले केही समयदेखि लगाउँदै आएको कोभिडविरुद्धका प्रतिबन्धहरूलाई यहाँका १८ वटा जिल्लामा फुकुवा गरेको छ। जापानमा पछिल्लो समय कोभिडको संक्रमण बढ्दै गएपछि यसविरुद्ध अपनाउनुपर्ने मापदण्डका रूपमा प्रतिबन्धहरू लगाइएको थियो।

जापान सरकारले यहाँका ४७ प्रिफेक्चरमध्ये १८ वटाका यस्ता प्रतिबन्धहरूलाई हटाएको जनाएको छ।  यसरी प्रतिबन्धहरू हटाइएका प्रिफेक्चरहरूमा टोकियो र ओसाका पनि रहेका छन्। यहाँ गएको जनवरी ८ देखि यस्ता प्रतिबन्धहरू लगाइएको थियो। आज मंगलबारदेखि यहाँका अधिकारीहरूले १८ प्रिफेक्चरमा यस्ता प्रतिबन्धलाई हटाइएको जनाएका छन्।

यहाँका नागरिकलाई सार्वजनिक स्थलमा धेरै जम्मा हुन तथा होटेल–रेस्टुरेन्टहरू सञ्चालन गर्न पनि सीमित संख्याका ग्राहकमा मात्र दिइएको थियो। तर, अहिले ती सबै प्रतिबन्ध हटाइएको छ। यहाँ अब नागरिकहरू ठूलो संख्यामा जम्मा हुने र आफ्ना व्यवसायहरू सञ्चालन गर्न पाउने भएका छन्।

बाँकी प्रिफेक्चरहरूमा भने कोभिड– १९ को संक्रमण कायमै रहेकाले अहिले प्रतिबन्ध नै कायम राखिएको छ। आगामी केही दिनसम्म यस संक्रमणको अवस्था हेरेर मात्र ती स्थानमा पनि प्रतिबन्धहरू हटाउन सकिने सरकारले जनाएको छ। रासस/सिन्ह्वा