१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ चैत ८ मंगलबार ०९:३४:००
Read Time : < 1 मिनेट
समाचार

महराका स्वकीय सचिव शर्माले त्यागे माओवादी केन्द्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ चैत ८ मंगलबार ०९:३४:००

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले माओवादी केन्द्र परित्याग गरेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत उनले माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने गरी आफूले माओवादी परित्याग गरेको जनाएका छन् ।

आगामी दिनमा स्वतन्त्र नागरिकको रूपमा रही देश र जनताका लागि सामाजिक भूमिका निर्वाह गर्दै अघि बढ्ने उनले बताए । जनताको निरन्तर सेवामा निस्वार्थ सकेजति भूमिकामा आफूलाई उभ्याउन कोसिस गर्ने उल्लेख गरे ।