मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत ७ सोमबार १९:००:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाल युएईसँग पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत ७ सोमबार १९:००:००

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल युएईसँग पराजित भएको छ । दुबई क्रिकेट रंगशालामा सोमबार भएको खेलमा नेपाल युएईसँग ९९ रनले पराजित भएको हो । युएईले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपाल ३५ दशमलब १ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमा समेटियो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन बनाए । सुरुवाती ब्याट्सम्यान पवन सर्राफले दुई र कुशल भुर्तेलले पाँच रन जोडेका थिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २०२ रन जोडेको थियो । युएईका लागि रोहन मुस्तफाले सर्वाधिक ६० रन बनाएका थिए भने मुहम्मद रिजवानले ३३ तथा चिराग सुरीले २६ रनको योगदान गरेका थिए । 

बलिङमा सन्दीप लामिछानेले तीन तथा करण केसी र सोमपाल कामीले समान दुई-दुई विकेट तथा आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिएका थिए  ।

उक्त सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा युएईसँग ४८ रनले पराजित भएको थियो । अब नेपालले आफ्नो अन्तिम खेल मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ ।