Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत ७ सोमबार १५:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेविसंघ तदर्थ समितिमा ३२ वर्ष माथिकालाई पनि समेट्न माग गर्दै सानेपामा अनशन सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत ७ सोमबार १५:२२:००

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ समितिमा ३२ वर्षमाथिकालाई पनि समेट्न माग गर्दै कांग्रेस पार्टी कार्यालय सानेपामा अनशन सुरु भएको छ। नेविसंघ संघर्ष समितिले तदर्थ समितिमा उमेरहद लागू नगरी ३२ वर्ष मुनि र माथिकालाई समेट्नुपर्नेलगायतका पाँचबुँदे मागसहित रिले अनशन सुरु गरेको हो।

सोमबार विजय महतोको नेतृत्वमा युवराज लामा, रोहित कपाली, सुजन घले र सुजन अधिकारीले अनशन सुरु गरेका छन्। फागुन ३ मा कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले नेविसंघमा ३२ वर्षे उमेरहद लागू गर्ने निर्णय गरेको थियो।

नेविसंघ सघर्ष समितिले आसन्न तीनै तहको निर्वाचनमा युवा विद्यार्थी परिचालन गर्ने वातावरण तयार गर्न, अद्यावधिक स्ववियु निर्वाचन र नेविसंघको अधिवेशन ग्यारेन्टी गर्न र नेविसंघको विधानसम्मत १२औँ महाधिवेशन सुनिश्चित गर्न माग गर्दै आइतबार मुख्यसचिव कृष्णप्रसाद पौडेललाई ज्ञापनपत्रसमेत बुझाएको थियो। ज्ञापनपत्रमा नेविसंघको विधानसम्मत १२औँ महाधिवेशन सुनिश्चित गर्न माग गरिएकाे छ।

अनशनरत महतोले कांग्रेसको सिद्धान्तअनुरूप सबै उमेर समूहका विद्यार्थी नेताहरूको व्यवस्थापन नै अहिलेको आवश्यकता भएको बताउँदै नेविसंघको विधानको पूर्ण कार्यान्वयन गराउन, सबै उमेरका विद्यार्थीहरूको प्रतिनिधित्व हुने गरी विधानबमोजिम तदर्थ समिति गठन गर्न माग राख्दै अनशन सुरु गरेको नयाँ पत्रिकालाई जानकारी दिए।

‘सबै उमेरका विद्यार्थीहरूको प्रतिनिधित्व हुने गरी विधानबमोजिम तदर्थ समिति गठन गरियोस् भनेर हामीले पटकपटक नेतृत्वलाई ध्यानाकर्षण गराउँदै आएका छौँ,’ उनले भने, ‘त्यसैको दबाबका लागि अनशन सुरु गरेका हौँ।’