मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ चैत ७ सोमबार ०८:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लेटाङ घटना : प्रशासनद्वारा कर्फ्यु आदेश 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ चैत ७ सोमबार ०८:४९:००

छात्रालाई यौन दुर्व्यवहार गर्ने शिक्षकलाई पक्राउ गर्न जाँदा भएको झडपमा एक महिला प्रहरीको मृत्यु भएपछि  प्रशासनले मोरङको लेटाङ नगरपालिकामा सोमबार बिहानदेखि कर्फ्यु लगाएको छ । 

आइतबार साँझ छात्रालाई यौन दुर्व्यवहार गर्ने लेटाङ– ५ स्थित शिक्षा विकास माविका  शिक्षक मनोज पौडेललाई पक्राउ गर्न जाँदा भएको झडपमा एक महिला प्रहरीको मृत्यु भएपछि जिल्ला प्रशासन मोरङले सोमबार बिहानदेखि लेटाङमा  कर्फ्यु  लगाएको हो ।   

लेटाङ नगरपालिका– ५, खेरुवा वरपरको क्षेत्रमा आज सोमबार बिहान ७ बजेदेखि अर्को सूचना नभएसम्म  कर्फ्यु आदेश जारी गरेको मोरङका सिडिओ काशीराज दाहालले जानकारी दिए । 

होलीको दिन लेटाङ– ५ स्थित शिक्षा विकास माविका  शिक्षक मनोज पौडेलले  आफ्नै विद्यालयमा पढाउने एक किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि आइतबार विद्यालयमा छलफल आयोजना गरिएको थियो । 

छलफलले शिक्षकलाई प्रहरीको जिम्मा लगाउने निधो गरेपछि आइतबार साँझ ७ बजे प्रहरी शिक्षक पौडेललाई पक्राउ गर्न गाउँमा पुगेको थियो । सोही क्रममा स्थानीयले  प्रहरीमाथि ढुंगामुढा गरेका थिए । स्थानीयको आक्रमणबाट घाइते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको उपचारका क्रममा आइतबार राति नै विराटनगरमा मृत्यु भएको मोरङका एसपी जनार्दन जिसीले बताए । 

एसपी जिसीका अनुसार झडपमा २८ जना प्रहरी घाइते भएको र उनीहरूको विराटनगरका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।  मृत्यु भएकी प्रहरी जवान उर्मिला श्रेष्ठ विराटनगरबाट थप मद्दतको टोलीमा  लेटाङ गएकी थिइन् । प्रहरीमाथि आक्रमण गरेको आरोपमा केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको एसपी जिसीले जानकारी दिए ।   

याे पनि

एक महिला प्रहरीको मृत्यु, एसपीसहित १८ जना घाइते