मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत ५ शनिबार १७:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुशासनको प्रत्याभूति गराउन स्थानीय सरकारको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत ५ शनिबार १७:३८:००

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकारले सुशासनको प्रत्याभूति हुने गरी काम गर्नुपर्ने बताएका छन्। काभ्रेपलाञ्चोकको पोखरी नारायणस्थानमा तेमाल गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।

‘स्थानीय तहका सेवासुविधा प्रत्यक्ष रूपमा जनतासँग जोडिएका हुन्छन्। जनतालाई अनुभूत हुने गरी स्थानीय सरकारले सुशासनको प्रत्याभूति गराउन सक्नुपर्छ,’ उनले भने। तेमाल गाउँपालिकाको कार्यसम्पादन उत्कृष्ट रहेको भन्दै उनले गाउँपालिकाको कामको प्रशंसा गरे। तेमालमा व्यावसायिक कृषि पशुपालनको पर्याप्त सम्भावना रहेको भन्दै उनले गाउँपालिकाको प्रयासमा संघ सरकारले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन्। प्रधानमन्त्री देउवाले भने, ‘भकुन्डे–मेच्छेपौवा सडक पूरा गर्नुपर्ने, अधुरो खानेपानी आयोजना पूरा गर्न, पर्यटन क्षेत्र घोषणा गर्न सरकारले आवश्यक सहयोग गर्नेछ।’

मुलुक स्थानीय तहको निर्वाचनको संघारमा रहेको भन्दै उनले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन प्रतिबद्ध हुन आवश्यक रहेको औँल्याए। कार्यक्रममा कांग्रेस काभ्रेपलाञ्चोक सभापति तीर्थ लामा, कांग्रेस केन्द्रीय सदस्यहरू मधु आचार्य, गणेश लामा, राष्ट्रिय सभा सदस्य कमला पन्त, पूर्वराज्यमन्त्री सूर्यमान दोङ, गाउँपालिका अध्यक्ष सलामसिंह तामाङलगायतको उपस्थिति रहेको थियो।