१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत ४ शुक्रबार १६:४३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

परियोजनाका काम तत्काल अघि बढाउन एडिबीलाई मन्त्री झाँक्रीको आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत ४ शुक्रबार १६:४३:००

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सीमित अवधिमा धेरै कम गर्नुपर्ने आवश्यकता रहेको बताएकी छिन् ।  उनले नेपालको पूर्वाधार विकासमा ठूलो बजेटको खाँचो रहे पनि सीमित स्रोत–साधनबाट काम काम गरिरहेको बताएकी हुन् । शुक्रबार मन्त्रालयमा एसियाली विकास बैंक (एडिबी)का प्रतिनिधिसँगको छलफलमा मन्त्री झाँक्रीले मन्त्रालयलाई एडिबीबाट हुने सहयोगका योजना द्रुत गतिमा अघि बढाउन आग्रह गरिन् । उनले भनिन्, ‘हामीसँग समय सीमित छ, गर्नुपर्ने कामहरू धेरै छन् । सकेसम्म सीमित अवधिमा पनि धेरै काम गरौँ भन्ने पक्षमा छौँ । एडिबीले गरिरहेको सहयोग र गर्ने भनेका परियोजनाको काम पनि छिटो होस् हाम्रो चाहना छ ।’

मन्त्री झाँक्रीले राष्ट्रिय सहरी नीति परिमार्जन तथा सहरी विकास ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको बताउँदै यसले संघीयता अनुसारका सहरीकरणका परियोजनामा सहकार्य गर्ने बाटो खोल्ने बताइन्  उनले नेपालमा लगानी गर्न सकिने थुप्रै क्षेत्र रहेको र सीमित स्रोत–साधनको बाबजुत काम गरिरहेको बताइन् । ‘विकास निर्माणको योजना जनताले धेरै काम गरिरहेका छन्, हामीसँग सीमित बजेटले गर्दा धेरै काम गर्न सकिरहेका छैनौँ,’ उनले भनिन् । भइरहेको हाल भइरहेका काम र आगामी दिनमा सहकार्य गर्न सकिने लगानीको क्षेत्रको विषयमा मन्त्री झाँक्री र एडिबीका प्रतिनिधिबीच छलफल भएको हो । 

छलफलमा मनिलास्थित एडिबीका प्रतिनिधि केनिची याकोयामाले मन्त्रालयसँग आफूहरू सधैँ सहकार्य गर्न तयार रहेको बताउँदै नेपालले समयमै काम सक्नमा ध्यान बताए । उनले सहरीकरणको गुजरात मोडलअनुसार अब बन्ने सहरीकरणका परियोजना बनाउन सुझाव दिए । हाल एडिबीको लगानीमा नेपालमा भइरहेका कामको समीक्षा र भविष्यमा लगानीको सहकार्य गर्न सकिने क्षेत्रबारे कार्यक्रममा छलफल भएको सहसचिव तथा मन्त्रालयका प्रवक्ता रवीन्द्र बोहराले जानकारी दिए । 

कार्यक्रममा सहरी विकासमन्त्री, एसियाली विकास बैंक एडिबीका मनिलास्थित केन्द्रीय कार्यालयका महानिर्देशकबीच नेपालमा एडिबीको लगानीमा भइरहेका कामहरूको समीक्षा र भविष्यमा कुन–कुन योजनामा सहकार्य गर्न सकिन्छ भन्नेबारे छलफल भएको हो । छलफलमा एडिबीका महानिर्देशक र नेपालस्थित एडिबीका प्रतिनिधि तथा सहरी विकास मन्त्रालयको तर्फबाट मन्त्री रामकुमारी झाँक्री, सचिव मणिराम गेलाल, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनाली,मन्त्रालयका सहसचिव प्रकिर्ण तुलाधर, मन्त्रालयका प्रवक्ता रवीन्द्र बोहरालगायतको सहभागिता रहेको थियो ।