१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तस्बिर : महानगरीय ट्राफिक प्रहरी महाशाखा
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत ३ बिहीबार १९:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

होलीमा मापसे गरी सवारी चलाउने १०६ जनालाई कारबाही

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत ३ बिहीबार १९:३५:००

महानगरीय ट्राफिक प्रहरी महाशाखाले होलीमा मापसे गरी सवारी चलाउने १०६ जनालाई कारबाही गरिएको बताएको छ । होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौंमा १३ सयभन्दा बढी ट्राफिक प्रहरी खटाएर जाँच गरिएको थियो । 

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले रङहरूको पर्वमा सबैजना फेस्टिभ मुडमा हुने, होहल्ला गरी सवारी चलाउने, नसालु पदार्थको सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहने कुरालाई मध्यनजर गरेर बिहानैदेखि चेकप्वाइन्ट राखेर कडाइ गरिएको बताए । उनले होलीलक्षित ट्राफिक व्यवस्थापन कडा गरिएको कारण काठमाडौंमा कुनै अप्रिय घटना नभएको बताए । 

'बिहानदेखि बेलुका ६ बजेसम्म जाँचको क्रममा मादकपदार्थ सेवन गरी सवारी चलाउने १०६ जनालाई कारबाही गरेको छ,’ जोशीले भने,  'विनाहेल्मेट, तीनजना चढ्ने, लापरबाही तरिकाले सवारी चलाउनेलगायतका सवारी नियम उल्लंघन गर्ने सवारी चालकहरूलाई कारबाही र होल्ड गरिएको छ ।’

दुर्घटनारहित होली पर्व बनाउन महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी जनशक्ति परिचालन गरेको जनाएको छ । महाशाखाले होली मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाको विभिन्न ६८ स्थानमा चेकप्वाइन्ट राखेर बिहानदेखि नै कडा जाँच गरेको थियो ।