मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत ३ बिहीबार १६:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दलित संघको महाधिवेशन स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत ३ बिहीबार १६:५७:००

नेपाली कांग्रेसको भ्रातृ संस्था दलित संघको महाधिवेशन स्थगित भएको छ। चैत ७ देखि ९ सम्म बुटवलमा हुने गरी तय भएको महाधिवेशन स्थगित भएको हो। 

कांग्रेस केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीका अनुसार स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनुपर्ने अवस्थाका कारण पार्टीको निर्देशनअनुसार संघको महाधिवेशन स्थगित गरिएको हो। ‘स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनुपर्ने भएकाले गृहमन्त्री बालकृष्ण खाणले रोक्न निर्देशन दिनुभएको हो,’ उनले नयाँ पत्रिकासँग भने, ‘अब निर्वाचनपछि हुने सम्भावना छ।’

यससँगै महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ। संघले सबै तहको अधिवेशन सम्पन्न भई केन्द्रीय महाधिवेशनको तयारी गरिरहेको थियो। फागुन ३ मा कांग्रेस कार्यसम्पादन समिति बैठकले नेपाल दलित संघको सबै जिल्ला अधिवेशन सम्पन्न भई महाधिवेशनको तयारीमा रहेकाले चैत ७ देखि ९ सम्म महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो।