मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका न्युयोर्क
२०७८ चैत ३ बिहीबार १३:३९:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

युक्रेन युद्धका कारण विश्वमै खाद्य असुरक्षा बढ्न सक्ने चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, न्युयोर्क
२०७८ चैत ३ बिहीबार १३:३९:००

संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रम फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ)का प्रमुख अर्थशास्त्रीले हाल युक्रेनमा जारी रुसी आक्रमणका कारण विश्वमा नै खाद्य असुरक्षा बढ्न सक्ने बताएका छन्। प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले रुस र युक्रेनबीच जारी युद्धका कारण खाद्यान्नको अभाव बढ्न सक्ने चेतावनी दिएका हुन्। यो युद्धका कारण विश्वमा नै खाद्यान्नको मूल्य महँगो हुने र त्यसका कारण अभाव पनि हुन सक्ने उनले बताए।

अर्थशास्त्री टोरेरोका अनुसार युरोपलगायतका क्षेत्रमा यस युद्धले गर्दा खाद्यान्नको आपूर्तिमा कमी आउन सक्ने पनि बताएका छन्। यस युद्धका कारण चामल, गहुँ र मकैको मूल्यमा भारी मात्रामा वृद्धि हुन सक्ने उनको अनुमान छ।

उनले भनेका छन्– युद्धका अरू पनि असरहरू होलान्, तर मलाई लाग्छ यसले खाद्यान्न उत्पादन, यसको आपूर्ति र उपलब्धतामा धेरै असर गर्ने देखिएको छ। खाद्यान्नको आपूर्ति र उपलब्धताको कुरा पेट्रोलियम पदार्थका कारण पनि महँगीमा असर गर्न सक्छ।

संयुक्त राष्ट्रसंघीय मुख्यालय न्युयोर्कमा संवाददाताहरूसँग उनले सो धारणा राखेका हुन्। उनले यो युद्ध जति समय बढ्दै गयो, त्यति नै खाद्यान्नको अभाव बढ्दै जाने अनुमान गरेका छन्। रुसले युक्रेनमा सैन्य आक्रमण जारी राखेको छ। तीन हप्तादेखि रुसले युक्रेनमा हमला जारी राखेको छ। रासस/सिन्ह्वा