मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत १ मंगलबार १७:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डुबान र बाढी व्यवस्थापनसम्बन्धी नेपाल-भारत बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत १ मंगलबार १७:५७:००

नेपाल–भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको १४औँ बैठक बसेको छ । फागुन २५ देखि ३० गतेसम्म नेपालमा आयोजना भएको बैठकका क्रममा नेपाल – भारत संयुक्त टोलीले सीमा क्षेत्रको भ्रमणसमेत गरेको छ । दुई देशबीच बाढी तथा डुबानसम्बन्धी संयुक्त समितिको यो नियमित बैठक हो ।

बैठकमा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यले नेपालको नेतृत्व गरेका थिए भने भारतको तर्फबाट गंगा बाढी नियन्त्रण आयोगका योजना सदस्य शेर सिंहले नेतृत्व गरेका थिए ।  दुई देशबीच सोमबार माइन्युटमा हस्ताक्षर भएको भारतीय राजदूतावासले जनाएको छ ।  

‘संयुक्त समितिले भारत–नेपाल सीमाका विभिन्न स्थानहरूको पनि स्थलगत भ्रमण गर्यो,’ बैठकपछि भारतीय राजदूतावासद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ । सीमा क्षेत्रमा बाढी, कटान तथा डुबान व्यवस्थापनको विषय समितिको कार्यक्षेत्रभित्र पर्दछ । 

समितिले सीमा क्षेत्रमा पर्ने नदीहरूको व्यवस्थापनका लागि प्रस्ताव गरिएका नवोदित कार्यस्थलको पनि भ्रमण गरेको छ । फाल्गुण २५ देखि २८ गते सम्म टोलीले स्थलगत भ्रमण गरेको थियो ।