१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ फाल्गुण ३० सोमबार ११:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नागरिकले सहज रूपमा न्याय पाउन नसकेपछि प्रधानन्यायाधीशमाथि महाभियोग लगायौँ : सिंह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ फाल्गुण ३० सोमबार ११:०४:००

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकले सहज रूपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीशमाथि महाभियोग लगाउनुपरेको बताएका छन् ।

काठमाडौंको मीनभवनमा आयोजित कांग्रेसको एकमहिने घर जाऊँ, कांग्रेस जिताऊँ भन्ने अभियानअन्तर्गत भएको कार्यक्रममा सिंहले न्यायालयको नेतृत्व गरेकोे गरेको मान्छे असफल भएपछि न्यायालय सुधारका लागि संवैधानिक उपचार खोजिएको बताए । 

उनले गठबन्धनको सरकार कांग्रेसको रहर नभएर बाध्यता भएको बताए । उनले तत्कालीन सरकारले गरेको असंवैधानिक कामलाई रोक्न र संविधानलाई ट्रयाकमा ल्याउन गठबन्धन बनेको बताए ।

उनले गठबन्धन सरकार चुनावसम्म जानुपर्छ भन्ने विषय उठे पनि पार्टीभित्र यस विषयमा फरक मत रहेको स्पष्ट पारे । एक महिना गाउँ पुगेर जनताको सुझाव लिएपछि केन्द्रीय बैठक बसेर पार्टीले आवश्यक निर्णय लिने पनि उनले बताए ।