मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण २९ आइतबार १८:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वैदेशिक रोजगारसम्बन्धी कल्याणकारी सेवाहरू अनलाइनबाटै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण २९ आइतबार १८:१०:००

वैदेशिक रोजगारमा गई समस्यामा परेका नेपाली श्रमिकलाई प्रदान गरिने उद्धार, राहत, क्षतिपूर्तिलगायत कल्याणकारी सेवाहरू अबदेखि अनलाइनबाटै हुने भएको छ। 

बोर्डका अध्यक्ष तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार कल्याणकारी सूचना प्रणाली कार्यविधि २०७८ स्वीकृत गरी कल्याणकारी सेवाहरू अनलाइनबाटै हुने व्यवस्था गरेका हुन्।

बोर्डले आफ्ना कल्याणकारी सेवाहरू अनलाइनबाटै प्रदान गर्न सफ्टवेयर बनाएको छ। जसअनुसार वैदेशिक रोजगार बोर्ड सचिवालयले प्रदान गर्ने आर्थिक सहायता स्थानीय तहमार्फत निवेदन लिई नजिकको हकदारको बैंक खातामा सीधै जाने व्यवस्था गरिएको बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बताए। 

वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक संयोजक रहने गरी मन्त्रालय, विभाग, बिमा समिति, बैंकका प्रतिनिधि सम्मिलित वैदेशिक रोजगार कल्याणकारी सूचना प्रणाली निर्देशक समिति पनि गठन गरिएको छ।

बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु तथा अंगभंग र बिरामी भएमा राहत रकम उपलब्ध गराउँदै आएको छ। त्यस्तै मृतक श्रमिकको सन्ततिलाई शैक्षिक छात्रवृत्तिसमेत प्रदान गर्दै आएको छ।

बोर्डले वैदेशिक रोजगारमा मृत्यु तथा अंगभंग भएका व्यक्तिका परिवारलाई राहतका लागि स्थानीय तहबाटै निवेदन लिने र सेवाग्राहीको बैंक खातामा रकम जम्मा गरिदिने व्यवस्था मिलाएपछि सेवाग्राही कार्यालयमा धाउनुपर्ने बाध्यता हट्नेछ।