१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ फाल्गुण २९ आइतबार १७:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सहज रूपमा जनताका काम गर्न मन्त्रालयको संख्या बढाएको हो : मुख्यमन्त्री पाण्डे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ फाल्गुण २९ आइतबार १७:१८:००

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले जनताका काम छिटो र सहज रूपमा गर्ने उद्देश्यका साथ प्रदेश सरकारले मन्त्रालयको संख्या बढाएको दाबी गरेका छन् । आइतबार प्रदेश सभामा सांसदहरूद्वारा उठाइएका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री पाण्डेले यस्तो दाबी गरेका हुन् । ‘मन्त्रालयलाई व्यवस्थित गर्न सकियो भने हामी धेरै काम गर्न सक्छौँ । काम छिटो छरितो र जनतालाई चाँडै सेवा सुविधा दिनका लागि मन्त्रलय बढाएका हौँ,’ उनले भने । 

मुख्यमन्त्री पाण्डेले हाल १५ लाख नागरिक सवारीचालक अनुमति पत्र लिने लाइनमा रहेको र अब प्रदेश सरकारले त्यसलाई चाँडो सक्नको लागि ट्रायल सेन्टर बढाउने कार्यविधि पास गरेको पनि बताए । उनले अहिले विज्ञान र प्रविधिको समय भएको उल्लेख गर्दै सवारीसाधनहरूमा क्यासलेस सिस्टमको विकास गर्नका लागि सरकारले काम गरिरहेको बताए । यसअघिको प्रदेश सरकारले चाहिने काममा बजेट नछुट्याएको उनको आरोप थियो ।