१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण २८ शनिबार १६:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय राजनीति ध्रुवीकरण भएको छ : ईश्वर पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण २८ शनिबार १६:१७:००

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा परिणत भएको बताएका छन्। शनिबार काठमाडौंको विश्वशान्ति चिरन मिलन क्याम्पसको रजतजयन्तीको अवसरमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन्।

उनले राष्ट्रिय राजनीति दुई ध्रुवमा ध्रुवीकरण हुनु दुर्भाग्य भएको बताए। एउटा ध्रुवको राजनीति एमालेले जनताको साथ लिएर जनताको हकहितका लागि गरेको दाबी गर्दै उनले अर्को ध्रुवको राजनीति गठबन्धनले आफ्नो स्वार्थपूर्तिका लागि गरिरहेको आरोप लगाए।

‘एउटा पोलको लिड नेकपा एमालेले गरेको छ। त्यसले निश्चित एजेन्डा, पोलिटिकल्स स्टाबिलिटीको कुरा, आर्थिक विकास र समृद्धिको कुरा, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुरा, सामाजिक सद्भावको कुरा, देश बनाउने सपनाहरूलाई जागृत गर्ने कुरा गरेको छ– नेकपा एमालेले,' पोखरेलले भने, 'अर्को पोल गठबन्धनको पोल छ। यो गठबन्धनको बारेमा मैले केही भन्नुपर्दैन। गठबन्धनमा आबद्ध भएका विभिन्न नेता साथीहरूले प्रतिक्रिया व्यक्त गर्दै हुनुहुन्छ। त्यसलाई हेरे पुग्छ।’