१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण २७ शुक्रबार १७:३९:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘चिसो एस्ट्रे’को प्रदर्शन अधिकार अस्ट्रेलियामा २७ लाखमा बिक्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण २७ शुक्रबार १७:३९:००

प्रदर्शनको संघारमा रहेको फिल्म ‘चिसो एस्ट्रे’को अस्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ। निर्माण कम्पनी कंगारू क्रिएसन र लोकल सिनेमाले अस्ट्रेलियाको कमेरो इभेन्ट्सलाई फिल्म प्रदर्शन अधिकार बिक्री गरेको जनाएका छन्।

कंगारू क्रिएसनका प्रमुख तथा ‘चिसो एस्ट्रे’ फिल्मका निर्माता महेशबाबु तिमिल्सिनाले कमेरोले ३० हजार अस्ट्रेलियन डलर (करिब २७ लाख रुपैयाँ)मा प्रदर्शन अधिकार लिएको जनाएका छन्। कमेरोका सुरज सुवेदी र निर्माता महेशबीच फिल्म प्रदर्शन गर्ने सम्बन्धमा औपचारिक सम्झौतासमेत सम्पन्न भइसकेको छ।

‘अस्ट्रेलियामा निरन्तर कार्यक्रमहरू गरिरहने कमेरो इभेन्ट्ससँग हाम्रो फिल्म पनि चलाउने सम्झौता भएको छ। उहाँहरूसँग पहिला पनि थुप्रै नेपाली फिल्म प्रदर्शन गरेको अनुभव छ,’ निर्माता महेशले भने, ‘लामो समयपछि अस्ट्रेलियामा नेपाली फिल्म प्रदर्शन हुन लागेको छ। हामीसँगै अस्ट्रेलियाका नेपाली पनि उत्साहित हुनुहुन्छ। यसले विदेशतिर नेपाली फिल्म प्रदर्शनको बाटो बनाउने कुरामा पनि हामी आशावादी छौँ।’

‘चिसो एस्ट्रे’ले बाँकी नेपाली फिल्मले भन्दा बढी पैसा पाएको हो। चलेका तथा राम्रा मानिएका ब्यानरले यसअघि बढीमा २० लाखसम्ममा प्रदर्शन अधिकार बिक्री गरेका थिए। दिन्स पाल्पालीको लेखन तथा निर्देशन रहेको फिल्मले ट्रेलर सार्वजनिक भएसँगै राम्रो चर्चा पाइरहेको छ। फिल्मको टोन, कलाकारको अभिनय, छायांकन तथा भूपि शेरचनको कविताको भावलाई पर्दामा उतार्ने जमर्को गरेको भन्दै फिल्मको प्रशंसा भइरहेको छ।

कंगारू क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन्। निर्माणमा महेशबाबुलाई प्रविन स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन्।  रूपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा सहनिर्माता रहेको फिल्ममा दिव्य देव, सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, नवीन लम्साल, सुशील पाण्डे, रविन तामाङलगायतका कलाकारको अभिनय रहेको छ। फिल्म चैत ४ देखि नेपालभर प्रदर्शन हुँदै छ।