१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ फाल्गुण २७ शुक्रबार ०७:५४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रेस चौतारीको नवौँ राष्ट्रिय महाधिवेशन पोखरामा सुरु हुँदै    

Read Time : > 1 मिनेट
२०७८ फाल्गुण २७ शुक्रबार ०७:५४:००

महाधिवेशनको उद्घाटन एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने

एमालेनिकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि पोखरामा सुरु हुँदै छ । शनिबारसम्म चल्ने महाधिवेशनमा सहभागी हुन देशभरबाट एक हजार दुई सयजना पत्रकार पोखरामा भेला हुँदै छन् ।  महाधिवेशनमा नाै सय प्रतिनिधिसँगै सल्लाहकार, मनोनीतसहितका प्रतिनिधिहरूकाे सहभागिता रहनेछ । महाधिवेशनमा सहभागी हुन उनीहरू आउने क्रम सुरु भएको छ ।

बिहीबारसम्म आधाभन्दा बढी सहभागीहरू पोखरा आइसकेका छन् भने केही बाटोमा आउँदै गरेका छन् । केही शुक्रबारसम्म आइपुग्ने चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले जानकारी दिए । महाधिवेशनको उद्घाटन एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले गर्नेछन् । 

महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक गणेश पाण्डेले सञ्चार क्षेत्रको मुद्दाबारे सहभागीहरूबीच गहन रूपमा छलफल हुने बताए । सञ्चार क्षेत्रको मुद्दाबारे गहन ढंगले बन्दसत्रमा छलफल हुने बताउँदै पाण्डेले भने, ‘नीति र नेतृत्वको हिसाबले महाधिवेशन महत्वपूर्ण हुनेछ । मूलतः यो महाधिवेशनले नीति र नेतृत्व निर्धारण गर्छ।’  

नेपाली सञ्चार क्षेत्रको वर्तमान मुद्दा, त्यो मुद्दालाई सम्बोधन गर्ने नेतृत्व यो महाधिवेशनले तय गर्छ । प्रेस चौतारी सुव्यवस्थित रूपमा कसरी अगाडि बढ्छ, संगठन सुदृढीकरणमा कसरी अगाडि बढ्छ भन्ने मुख्य कुरा रहेको पाण्डेको भनाइ छ । महाधिवेशनबाट सर्वसम्मत ढंगले नयाँ नेतृत्व चयन हुने भन्दै पाण्डेले अहिलेको परिवर्तन र पत्रकारितामा आएका चुनौतीहरूलाई बोक्न सक्ने खालको नयाँ नेतृत्व महाधिवेशनले छनोट गर्ने बताए । 

 ११ जना पत्रकार पुरस्कृत हुँदै
महाधिवेशनमा ११ जना पत्रकारलाई विभिन्न पुरस्कारबाट पुरस्कृत गरिने भएको छ । हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार २०७७ बाट प्रेस चौतारीका पूर्वअध्यक्ष राजेन्द्र अर्याल र २०७८ बाट अर्का पूर्वअध्यक्ष गगन विष्टलाई पुरस्कृत गरिने भएको छ ।

अग्निशिखा पत्रकारिता पुरस्कार २०७७ कृष्णविनोद लम्साल तथा २०७८ बाट झलक सुवेदी, डेकेन्द्र थापा पत्रकारिता पुरस्कार २०७७ बाट सागर पण्डित र २०७८ बाट हिरा परियार, वीरेन्द्र साह क्रियाशील पत्रकारिता पुरस्कार २०७७ बाट केपी गौतम र २०७८ बाट अनुप तिवारी, चन्द्र न्यौपाने शान्तिराम कार्की पत्रकारिता पुरस्कारबाट शान्ति गुरुङ, पदमलक्ष्मी सावित्री स्मृति पत्रकारिता पुरस्कार २०७७ बाट अब्दुल्ला मियाँ र २०७८ बाट शिवराज भट्टलाई पुरस्कृत गरिने भएको छ ।