१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ फाल्गुण २५ बुधबार १८:०५:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

रुस र युक्रेनबीच एकदिने युद्धविराम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ फाल्गुण २५ बुधबार १८:०५:००

रुस र युक्रेनले बुधबार एक दिनको युद्धविराममा सहमति जनाएका छन् । यस एकदिने युद्धविरामले सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट बाहिर निस्कन एक दिनको समय प्राप्त  भएको छ । मस्कोले बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ९ बजेसम्मका लागि युद्धविरामको सम्मान गर्ने वाचा गरेको बताइएको छ । 

युक्रेनको उत्तरपश्चिममा इरपिन र बुचालगायत राजधानी वरपरका क्षेत्रहरूमा रहेका नागरिकहरूलाई रुसी सेनाको भीषण बमबारीबाट बच्न किभमा सारिने बताइएको छ ।आइतबार पैदलयात्राबाट किभ पुग्न खोजिरहेका चारजना विस्फोटमा परेको समाचारमा जनाइएको छ। मंगलबार करिब ६० बसले किभबाट ३५० किलोमिटर पूर्वमा रहेको सुमीबाट सर्वसाधारणलाई बाहिर निकाल्न सफल भएको युक्रेनका राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

रुसी सीमानजिक रहेको  दुई लाख ५० हजार जनसंख्या भएको सहर सुमीबाट ५,००० भन्दा बढी मानिसलाई विस्थापित गरिएको थियो । यस सहरलाई लक्षित गर्दै रुसले ठूला आक्रमण गरिरहेको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सी (युएनएचसिआर)ले रुसको आक्रमणपछि युक्रेनी शरणार्थीहरूको कुल संख्या २१ देखि २२ लाखसम्म पुगेको अनुमान गरेको छ । रासस