मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण २५ बुधबार ०६:५४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

फुजिमा आयलले देशभर निःशुल्क क्यान्सर परीक्षण गराउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण २५ बुधबार ०६:५४:००

 फुजिमा आयल कम्पनी प्रालिले देशभरि नै महिलामा हुने स्तन क्यान्सरको निःशुल्क परीक्षण गराउने भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर कम्पनीले यो वर्षभरि नै नेपालभरका महिलाको स्तन क्यान्सरको निःशुल्क परीक्षणका लागि आफ्नो उत्पादन कन्ट्रोल लुब्रिकेन्ट्समा प्रतिलिटर एक रुपैयाँ छुट्याएको हो । 

कम्पनीले मंगलबार विराटनगरको विराट अस्पतालमा ५० जना महिलाको निःशुल्क स्तन क्यान्सर परीक्षण गराएर अभियानको सुरुवात गरेको जनाएको छ । ग्लोबल क्यान्सर अब्जरभेटरी सन् २०२० को तथ्यांकअनुसार नेपालमा ९.६० प्रतिशत महिलामा क्यान्सर रोग पाइएको कम्पनीले जनाएको छ ।

जनगणना ०७८ अनुसार कुल जनसंख्याको ५१.५ प्रतिशत अर्थात् एक करोड ३६ लाख ४४ हजार ६ सय ६९ जना महिला रहेका छन् । त्यसमध्ये ९.६० प्रतिशत महिलामा स्तन क्यान्सर रहेको तथ्यांकलाई मान्दा अवस्था भयावह रहेको कम्पनीको भनाइ छ । त्यसैले नेपाली महिलाको जीवनरक्षाका लागि समयमै अस्पताल पुगी परीक्षण गराउन प्रोत्साहनस्वरूप कम्पनीले अभियान सुरुवात गरेको जनाएको छ । 

यस्तै, कम्पनीले आफ्नो उत्पादनमा प्रयोगपछिको समेत ग्यारेन्टीका लागि आफ्ना उत्पादनहरू कन्ट्रोल लुब्रिकेन्ट्स, म्याजिक प्लस लुब्रिकेन्ट्स र रोयल लुब्रिकेन्ट्स तथा ग्रिजमा प्रोडक्ट लायबलिटीले इन्स्योरेन्स गराएको जनाएको छ । यो नेपालमै पहलोपटक भएको कम्पनीको दाबी छ ।     इन्स्योरेन्सअन्तर्गत फुजिमा आयल कम्पनी प्रालिका उत्पादनहरू प्रयोगपछि इन्जिनमा कुनै समस्या आएको प्रमाणित भएमा इन्स्योरेन्समार्फत क्षतिपूर्ति दिने गरेको जनाइएको छ ।