१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ फाल्गुण २५ बुधबार ०९:२३:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

एमाले दैलेखको  अधिवेशन १ चैतमा

Read Time : < 1 मिनेट
२०७८ फाल्गुण २५ बुधबार ०९:२३:००

खसेको मतभन्दा ३१ मत बढी देखिएपछि मतगणनाको चरणमा पुगेर स्थगित गरिएको एमाले दैलेखको चुनाव १ र २ चैतमा हुने भएको छ । एमाले दैलेखको सातौँ जिल्ला अधिवेशनअन्तर्गत नयाँ कमिटी चयनका लागि गत २७ पुसमा मतदान भएको थियो ।

पुनः निर्वाचनको मिति तोक्ने अधिकार पुरानै जिल्ला कमिटीलाई प्रदान गरेसँगै जिल्ला कमिटी दैलेखको मंगलबार बसेको बैठकले १ चैतमा मिति तोकेको एमाले दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माले जानकारी दिए । 

निर्वाचनको नयाँ प्रक्रिया थालनी गरेसँगै पुराना सर्वसम्मतले चयन गरिएका नेताहरूसमेत पुनः निर्वाचनको प्रक्रियाबाट आउनुपर्ने भन्दै केन्द्रीय निर्वाचन आयोगले निर्णय गरेको छ । जसकारण सबै पदको उम्मेदवारी मनोनयन र पुनः मतदान प्रक्रिया सुरु गरिने भएको छ । अब पुनः पार्टीले पठाएको अपानिअनुसार उम्मेदवारी दर्ता हुन्छ र सबै निर्वाचन प्रक्रियाबाट टुंगोमा पुग्छ । निर्वाचनअघि पनि सर्वसम्मतिको प्रयास भइरहेको शर्माले जानकारी दिए ।

यसअघि रद्द गरिएको निर्वाचनमा कुल मतदाता संख्या सात सय २१ रहेकोमा निर्वाचनमा सात सय ४८ मत खसेको थियो । पहिलो मतपेटिकाको पदाधिकारीको मात्र मतगणना हुँदा मतपत्र धेरै देखिएपछि मतगणना नै नगरेर प्रक्रिया स्थगित गरिएको थियो ।