मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ फाल्गुण २४ मंगलबार १०:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

परराष्ट्रमन्त्रीले भने- युक्रेनको समर्थन गरेर कुनै गुट समातेका छैनौँ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ फाल्गुण २४ मंगलबार १०:५३:००

परराष्ट्रमन्त्री नारायण खड्काले नेपालले युक्रेनमा रुसी आक्रमणको विरोध गर्नुलाई कुनै गुट समातेको अर्थमा नलिन आग्रह गरे । सार्वभौम समानताको विषय असंलग्नताको सिद्धान्तभित्रै पर्ने भन्दै परराष्ट्रमन्त्री खड्काले नेपाली प्रतिक्रियाको प्रतिरक्षा गरेका हुन् ।

परराष्ट्रमन्त्री डा. खड्काले सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा भने,  ‘संयुक्त राष्ट्रसंघको बडापत्रअनुसार हामीले युक्रेनको पक्षमा मतदान गरेका हौँ । समान सार्वभौमिकता असंलग्नताका महत्वपूर्ण पक्ष हुन् । असंलग्न परराष्ट्र नीतिका आधार शान्तिपूर्ण सहअस्तित्व, मानव अधिकार हुन्,’ उनले भने, ‘यसकारण, हामीले असंलग्न परराष्ट्र नीतिलाई कायम गर्दै मुलुकको सार्वभौमिकताको सम्मान गर्नुपर्छ भनेर वक्तव्य निकाल्यौँ र मतदान गरेका हौँ ।’

नेपालले संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदमा युक्रेनको पक्षमा मत दिएको थियो भनेर आपतकालीन अवस्थामा बोलाइएको राष्ट्रसंघीय महासभाको बैठकमा युक्रेनको पक्षमा धारणा राखेको थियो । 

अर्को प्रसंगमा परराष्ट्रमन्त्री खड्काले चीनसँग व्यापारिक नाकाहरू खोल्न आग्रह गरिएको बताए । रसुवागढी र तातोपानी नाकाका निर्यात ठप्प भएको विषयमा समेत चिनियाँ अधिकारीहरूलाई ध्यनाकर्षण गराइएको उनको भनाइ थियो ।

उनले गोर्खालगायत सीमा क्षेत्रका जनतालाई चीनतिरबाट खाद्यान्न आपूर्ति गर्न पहल गरिरहेको उल्लेख गरे । चीनमा अध्ययन गर्ने कोभिड समयमा नेपाल फर्केका नेपालीहरूलाई पढ्ने सुविधा दिन चीनलाई आग्रह गरेको पनि उनको भनाइ थियो ।