१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण २२ आइतबार १४:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावबारे सिफारिस समिति गठन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण २२ आइतबार १४:१०:००

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रतिनिधिसभामा दर्ता भएको महाभियोग प्रस्ताव अगाडि बढाउन संसद्ले समिति गठन गरेको छ। ११ सदस्यीय समितिमा रेखा शर्मा, लालबाबु पण्डित, एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशाेदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, विष्णु पौडेल, डा. शिवमाया तुम्बाहाङ्फे रहेका छन्।      

सभामुख अग्निप्रसाद सापकोटाले आज बोलाएको कार्यव्यवस्था परामर्श समितिमा उक्त प्रस्तावमाथि अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्न ११ सदस्यीय सिफारिस समिति गठन गर्ने सहमति भएको थियो। 
     
प्रधानन्यायाधीशको कार्यक्षमता र आचारणसम्बन्धी प्रश्न उठाएर यही फागुन १ गते उक्त प्रस्ताव दर्ता भएको थियो। प्रतिनिधिसभा नियमावाली, २०७५ को नियम १६२ बमोजिम सो समिति गठनको व्यवस्था छ।