मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ फाल्गुण २१ शनिबार १४:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस बाराको मतदान तीन घन्टा ढिलो सुरु

Read Time : < 1 मिनेट
२०७८ फाल्गुण २१ शनिबार १४:२९:००

नेपाली कांग्रेस बारामा जिल्ला सभापतिलगायत अन्य पदाधिकारी चयनका लागि मतदान सुरु भएको छ। बिहान १० बजेबाट मतदान सुरु गर्ने भनिए पनि करिब तीन घन्टा ढिलो गरी १ बजेपछि मतदान सुरु भएको हो।

जिल्ला सभापति, उपसभापति, सचिव, सहसचिव तथा गाउँपालिकाबाट २, नगरपालिकाबाट ३ र उपमहानगरबाट ५ सदस्यका साथै समावेशीअन्तर्गत ३० गरी कुल ८० पदका लागि मतदान जारी छ। ८० पदका लागि दुई सय ३७ जनाले उम्मेदवारी दिएका छन्।

कांग्रेसको बारा सभापतिका लागि कलैया उपमहानगरपालिकाका नगरप्रमुखसमेत रहेका राजेशराय यादवसँगै शम्भु बुढाथोकी र रामानन्द यादव प्रतिस्पर्धामा छन्। राजेशराय यादव  र  शम्भु बुढाथोकी ंसंस्थापन पक्षका हुन् भने रामानन्द यादव संस्थापनइतर पक्षका हुन्।