Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ फाल्गुण १८ बुधबार १३:२७:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

रुसी ग्याँसमाथिको निर्भरता कम गर्ने उपाय खाेज्दै इटाली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ फाल्गुण १८ बुधबार १३:२७:००

सरकारले रुसको ग्यासमाथिको निर्भरतालाई कम गर्ने उपायको खोजी गरिरहेको इटालीका प्रधानमन्त्री म्यारियो ड्राघीले मंगलबार इटलीको संसदलाई जानकारी गराएका छन् । 
रुस–युक्रेनबीचको सैन्य द्वन्द्वका कारण युरोपमा इन्धनको मूल्य वृद्धि हुने अनुमान भइरहेका समय इटालीले रुसी इन्धनको विकल्पबारे अध्ययन गरिरहेको प्रधानमन्त्री ड्राघीले बताएका हुन् । सरकारले सम्भावित इन्धन संकटबाट आउने अवस्थासँग जुझ्न निरन्तर अध्ययन गरिरहेको  उनले बताएका छन् ।

युक्रेनमा रुसले आक्रमण गरेसँगै इटालीलगायतका युरोपेली मुलुकमा इन्धनको मूल्य आकासिएको छ । इटालीको राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार इटलीमा प्राकृतिक ग्यासको मूल्यमा डिसेम्बरमा २९.१ प्रतिशतले बढेकोमा जनवरीमा यसमा थप वृद्धि भई ३८.६ प्रतिशत पुगेको छ । प्रारम्भिक तथ्यांकहरूले इन्धनको मूल्य आगामी दिनमा थप बढ्ने प्रक्षेपण गरेका छन् ।

ड्राघीका अनुसार इटालीले प्रयोग गर्ने प्राकृतिक ग्यासमध्ये ९५ प्रतिशत विदेशबाट ल्याइन्छ भने यसको ४० प्रतिशत रुसबाट आपूर्ति हुने गर्दछ । उनले भने, ‘रुसबाट आयात हुने ग्यासमा कुनै अवरोध नआउने विश्वास व्यक्त गर्दै कुनै हालतमा आपूर्ति रोकिएमा यसको वैकल्पिक व्यवस्था गर्न सरकारले गृहकार्य थालेको छ ।
 
इटालीमा बढ्दो गर्मीसँगै न्यानोका लागि प्रयोग गरिने ग्यासको मागमा कमी आउने बताइएको छ । इटालीसँग अहिले २५ अर्ब क्युविक मिटर ग्यास भण्डारण अवस्थामा रहेको छ । रासस