१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ फाल्गुण १७ मंगलबार १३:४६:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

दमासकसको सपिङ सेन्टरमा आगलागी, पाँचजनाको मृत्यु

Read Time : < 1 मिनेट
२०७८ फाल्गुण १७ मंगलबार १३:४६:००

सिरियाको राजधानी दमासकसको एउटा सपिङ सेन्टरमा मंगलबार बिहान भएको आगलागीमा कम्तीमा पाँचजनाको ज्यान गएको सरकारी सञ्चारमाध्यमले जनाएको छ। दमासकसको दमकल विभागका एक अधिकारीलाई उदृत गर्दै आधिकारिक समाचार समिति सानाले ला मिराडा मलमा आज बिहानै लागेको आगो निभाइएको जनाएको छ। 

अहिलेसम्म चारजनाको उद्धार गरिएको छ र पाँचजनाको शव निकालिएको छ–साना समाचार समितिले उल्लेख गरेको छ। आगलागीको कारण खुल्न सकेको छैन। सरकारसमर्थक अल–वतान अखबारले प्रकाशित गरेका तस्बिरहरूमा दमासकसको अल–हमरा जिल्लामा रहेको मलबाहिर ठूला फायरट्रकहरू देखाइएको छ। एउटा तस्बिरमा किनमेल केन्द्रको झ्यालबाट धुवाँ निस्किएको थियो।  आगोले हरेक तलालालाई घेरेको देखिन्छ। रासस/एएफपी