मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ फाल्गुण १७ मंगलबार ०६:४०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एमजीको नयाँँ विद्युतीय गाडी बजारमा

Read Time : > 1 मिनेट
२०७८ फाल्गुण १७ मंगलबार ०६:४०:००

नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँँ विद्युतीय गाडी एमजी जेडएस इभी २०२२ नेपाली बजारमा ल्याएको छ । कम्पनीले स्ट्यान्डर्ड रेन्ज र लङ रेन्ज गरी दुई भेरियन्टमा दुईवटा ब्याट्री प्याकको विकल्पसहित बजारमा ल्याएको हो । 

५१.५८ किलोवाट आवर हाई–टेक ब्याट्री भएको गाडीले एकपटकको चार्जिङमा पाँच सय १३ किलोमिटर गुड्ने कम्पनीले जनाएको छ । त्यस्तै, ७२.६ किलोवाट आवर ब्याट्री भएको गाडी एकपटकको चार्जमा सात सय आठ किमि गुड्ने जनाइएको छ । यसको ग्राउन्ड क्लियरेन्स एक सय ७५ मिलिमिटर रहेको छ । यसअघि कम्पनीले सार्वजनिक गरेको एमजी जेडएस इभीको रेन्ज तीन सय ४० किलोमिटर रहेको थियो ।

एमजी जेडएस इभी २०२२ को इन्टेरियर र एक्स्टेरियरमा नयाँँ डेकोरेसन र अपडेटहरू गरिएको कम्पनीको दाबी छ । यसको इन्टेरियरमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले रहेको छ । साथै, रोटरी डायल गियर नब, ड्राइभिङ मोड र ब्रेकिङ रिजेनेरेसन छ । यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलइडी डिआरएल, एलइडी टेल ल्याम्पहरू छन् । एमजी पाइलट नाम दिइएको अटोमेटिक इमर्जेन्सी ब्रेकिङसहितको एड्भान्स ड्राइभर असिस्ट्यान्स सिस्टम भएकाले यो गाडी एकदमै सुरक्षित मानिएको कम्पनीले जनाएको छ । 

यो गाडीमा एक सय ३० एचपी पावर र २८० एनएम टर्क भएको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर रहेको छ । यो ८.५ सेकेन्डमा १०० किलोमिटर प्रतिघन्टाको दरमा गुड्न सक्ने कम्पनीले जनाएको छ । एमजीको सिग्नेचर ग्लोबल डिजाइन भएको यो एलेक्ट्रोनिक गाडीमा पानोरमिक सनरुफ, १७ इन्चको डायमन्ड कट एलोय ह्विल्स र २.५ को पिएम फिल्टरलगायत अन्य धेरै सुविधाहरू रहेको जनाइएको छ । 

यसमा पावर्ड ड्राइभर सिट, अटोमेटिक हेडलाइट र वाइपर, कनेक्टेड कार टेक्नोलोजी, ६ वटा एयरब्याग, हिल स्टार्ट, डिसेन्ट कन्ट्रोल अल–ह्विल डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम र इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल रहेका छन् । यसमा मोबाइल वायरलेस चार्जिङ, ब्लाइन्ड स्पट मोनिटरिङ, अडप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र ३६० डिग्री क्यामरा पनि रहेको छ । कम्पनीले स्ट्यान्डर्ड रेन्जको गाडीको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ र लङ रेन्जको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको जनाएको छ ।