मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ फाल्गुण १६ सोमबार १२:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धरानमा सार्वजनिक जग्गामा बनेका घर–टहरा हटाइने

Read Time : < 1 मिनेट
२०७८ फाल्गुण १६ सोमबार १२:५१:००

धरान उपमहानगरपालिकाले ०७२ सालयता अनधिकृत रूपमा टहरा बनाएर बसेकाहरूलाई हटाउने निर्णय गरेको छ। धरान– १७ स्थित सर्दुखोला किनार आसपासका क्षेत्रमा अनधिकृत रूपमा सार्वजनिक जग्गा अतिक्रमण गरी घर र टहरा बनाउने कार्य नरोकिएकाले त्यसलाई हटाउने निर्णय गरिएकोे हो।

आइतबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको उपस्थितिमा बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले जानकारी दिए। सर्वपक्षीय बैठकले ०७२ पछि सार्वजनिक जग्गा अतिक्रमण गरी बसेका बस्ती क्रमबद्ध रूपमा हटाउने निर्णय गरेको उनको भनाइ थियो।

उक्त कार्यको सुरुवात वडा नं. १७ स्थित नयाँ अतिक्रमित क्षेत्रबाट गरिने भएको छ। धरान उपमहानगरपालिका– १७ देवीथान र कालापानीलगायत विभिन्न खोलाको किनार, बगर र बहाव क्षेत्र अतिक्रमण गरी रातारात बस्ती बस्ने क्रम नरोकिएकाले स्थानीय राजनीतिक दलका पदाधिकारी तथा सरोकारवाला निकायका पदाधिकारीको सहभागितामा उपमहानगरले छलफल गराएको थियो।

खुला क्षेत्र र सार्वजनिक जग्गाको संरक्षणमा अवरोध पुग्नाका साथै नगरको सुन्दरता नै कुरूप हुने गरी गरिएको अतिक्रमण हटाउनुपर्नेमा सबैले बैठकमा प्रतिबद्धता जनाएका थिए। सुकुमबासीको नाममा खुला क्षेत्र र खोलाकिनार अतिक्रमण गरी बस्ती बसाउने क्रम बढेको र उनीहरूलाई दलका नेताहरूले नै उक्साउने गरेको पाइएको बताइएको थियो। रासस