१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका ब्रसेल्स
२०७८ फाल्गुण १६ सोमबार १२:४१:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

युरोपियन युनियनद्वारा रुसका उडानमाथि प्रतिबन्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ब्रसेल्स
२०७८ फाल्गुण १६ सोमबार १२:४१:००

युरोपियन युनियनले सबै युरोपियन देशका आकाशमा रुसका उडानहरूमाथि प्रतिबन्ध लगाएको छ। युरोयिन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लियोनले विज्ञप्तिमार्फत रुसका सबै प्रकारका उडानलाई बन्द गराइएको जानकारी दिएका छन्।

उनले भनेका छन्– हामीले रुसका सबै प्रकारका उडानहरू, रुसी एयरलाइन्सका जहाजहरू र रुसबाट उडेका सबै प्रकारका जहाजलाई युरोपियन देशका आकाशमा बन्द गराएका छौँ। रुसी सैनिक अपरेसनका कारण धेरै विमान उडेका र ती विमान युक्रेनमा हमला गर्नका लागि पुगेका भन्दै त्यसमा प्रतिबन्ध लगाइएको उनले बताएका छन्।

रुसले युक्रेनमाथि आक्रमण गरेको आज पाँचौँ दिन पनि रुसी सैनिकहरू युक्रेनको राजधानी किभ सहरमा छन्। किभलाई सबैतर्फबाट रुसी सेनाले घेरा हालेको युक्रेनले जनाएको छ। यहाँका नागरिकहरूले सामाजिक सञ्जालमा राखेका भिडियाेहरूमा रुसी सेनाका टयांकरहरू युक्रेनको राजधानी किभमा गुडिरहेको देखिएको छ।

युक्रेनमाथि गरेको सो आक्रमणको विरोधस्वरूप युरोपियन युनियनले रुसका विरुद्धमा यो प्रतिबन्ध लगाएको जनाइएको छ। रासस/सिन्ह्वा