मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ फाल्गुण १५ आइतबार १२:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

युवा संघ गुल्मीको अध्यक्षमा भण्डारी

Read Time : < 1 मिनेट
२०७८ फाल्गुण १५ आइतबार १२:४३:००

युवा संघ गुल्मीको अध्यक्षमा सुरेश भण्डारी चयन भएका छन्। शनिबार अबेर सम्पन्न संघको नवौँ जिल्ला अधिवेशनले भण्डारीलाई सर्वसम्मत चयन भएको हो।

संघको उपाध्यक्षमा केशर राजकोटी, सचिवमा विमल ज्ञवाली, उपसचिवमा विवश ठकुरी र विष्णु विक तथा कोषाध्यक्षमा वैकुण्ठ श्रेष्ठलगायत ७५ सदस्यीय कमिटी निर्वाचित भएको छ। अधिवेशनलाई युवा संघका केन्द्रीय अध्यक्ष किरण पौलेडलगायत एक दर्जन नेताले सम्बोधन गरेका थिए।

प्रत्येक गाउँपालिकाबाट दुई महिला र १० पुरुष गरी १२ जना प्रतिनिधि अधिवेशनमा सहभागी थिए। त्यस्तै, प्रत्येक नगरबाट तीन महिला र १२ पुरुष गरी १५ तथा आयोजक कमिटीबाट ५० जना सहभागी भएका पूर्वअध्यक्ष मोहन पाण्डेयले जानकारी दिए।

११ स्थानीय तहमा युवा संघ
जिल्लाका ११ पालिमाका युवा संघ गठन भएको छ। मालिका गाउँपालिकाबाहेक जिल्लाका अन्य पालिकामा युवा संघ गठन गरिएको हो। मदानेमा जितबहादुर कुँवर, धुर्कोटमा हिमाल भण्डारी, इस्मामा विष्णु रिजालको नेतृत्वमा कमिटी गठन गरिएको छ।

त्यस्तै, मुसिकोटमा राजेश गुरुङ, रेसुंगामा सुशील बुढाथोकी, गुल्मी दरबारमा वीरबहादुर कार्की, छत्रकोटमा जीवनबाबु पन्त, रुरुमा पदम श्रेष्ठ, सत्यवतीमा दिलु भण्डारी, कालीगण्डकीमा रामबहादुर पटेल र चन्द्रकोटमा  लालबहादुर थापाको नेतृत्वमा कमिटी गठन गरिएको नवनिर्वाचित जिल्ला अध्यक्ष भण्डारीले जानकारी दिए।