मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ फाल्गुण १४ शनिबार १८:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यथास्थितिमा एमसिसी पास हुँदैन, यो हाम्रो अडान हो : नेता खनाल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ फाल्गुण १४ शनिबार १८:१४:००

सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले यथास्थितिमा एमसिसी संसदबाट पारित नहुने बताएका छन् । शनिबार सिंहदरबारमा आफ्नो पार्टी र नेकपा (माओवादी केन्द्र) का नेताहरूसँग भएको छलफलपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेता खनालले यथास्थितिमा एमसिसी पास नहुने आफ्नो पार्टीको अडान रहेको दोहोर्याएका हुन्।  

‘एमसिसी यथास्थितिमा पास हुँदैन । हाम्रो अडान यो हो । यही अडानमा अहिले पनि हामी दृढतापूर्वक उभिएका छौँ । सरकार छोड्ने बारेमा केही कुरा गरेका छैनौँ। अब एमसिसीको मुद्दा कसरी टुंगिन्छ ? त्यसले धेरै कुराहरू निर्णय गर्छ,’ नेता खनालले भने, ’त्यसो हुनाले एमसिसीको मुद्दा अहिले पनि जारी छ । अहिले हामी पुरानै ग्राउन्डमा छौँ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले सरकार छोड्ने विषयमा पार्टीभित्र कुनै छलफल नभएको पनि बताए । उनले एमसिसी पारित गराउने र सत्तारुढ गठबन्धन पनि टुट्न नदिने मध्यमार्गी बाटोबारे आफू अनविज्ञ रहेको प्रतिक्रिया दिए । उनले सो बाटोको बारेमा कुन–कुन नेताबीच छलफल भएको हो भन्ने पनि आफूलाई थाहा नभएको बताए । 

नेता खनालले भने, ‘कस–कसले त्यो खोजेको हो ? त्यो खोजेको कुरा हामीसँग आइसकेको छैन, के के हुन् मध्यमार्ग भनेर त्यो मध्यमार्गको कुरा हामीलाई थाहा हुँदैन । तर, दुईवटा मार्ग छन्– ‘एस’ वा ‘नो’ को मार्ग । हामी यथास्थितिमा ‘नो’ भन्छौँ । राष्ट्रको हितमा हुने गरी संशोधन गरिए ‘एस’ भन्ने पक्षमा छौँ ।’