मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७८ फाल्गुण १४ शनिबार ११:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बेंसीसहर–चामे सडक दुई साता बन्द हुने

Read Time : < 1 मिनेट
२०७८ फाल्गुण १४ शनिबार ११:५३:००

हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेंसीसहर–चामे सडकखण्ड दुई साता बन्द हुने भएको छ। सडखण्डको मनाङतर्फ तिमाङ छहरामा रहेको काठे पुल जीर्ण भएकाले कल्भर्ट निर्माणका लागि फागुन २० देखि चैत ५ गतेसम्मका लागि सडक बन्द हुने मनाङ प्रशासनले जनाएको छ।

मनाङका प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यले नासोँ गाउँपालिका –९ स्थित तिमाङ छहरामा दुई ठाउँमा कल्भर्ट निर्माण गर्न लागिएकाले सडको विकल्प नहुँदा सडक बन्द गर्नुपरेको बताए। उनले भने, 'गत असारमा आएको बाढीले तिमाङ छ्हराको काठेपुल बगाएको थियो। बाढीपश्चात काठेपुल पनि जीर्ण भएकाले ढलानसहितको कल्भर्ट निर्माण गर्न लागिएको हो।' बेंसीसहर–चामे सडकको ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ।