मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण १४ शनिबार ०६:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

वैदेशिक रोजगारीमा  जानेको पिसिआर नि:शुल्क

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण १४ शनिबार ०६:२४:००

वैदेशिक रोजगारीमा जाने सबै कामदारको पिसिआर परीक्षण नि:शुल्क गरिएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै परीक्षण निःशुल्क गर्ने व्यवस्था मिलाएको हो । नागरिकलाई स्वास्थ्य परीक्षण सेवा सर्वसुलभ पारेर मौलिक हक प्रत्याभूत गराउने अभिप्रायले यस्तो निर्णय गरिएको स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले बताए ।

उनका अनुसार शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट वैदेशिक रोजगारीमा जाने सबै कामदारको पिसिआर परीक्षण निःशुल्क हुनेछ । त्यसका लागि सम्बन्धित व्यक्तिले वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात देखाउनुपर्नेछ । 

संक्रमण कम हुन थालेपछि सरकारले परीक्षणमा सहज गर्दै लगेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कोरोनासँगै डेंगु, चिकनगुनिया र जिका भाइरसको पिसिआर परीक्षणसमेत सुरु भएको छ । प्रयोगशालाकी निर्देशक डा. रुणा झाले यी परीक्षण पनि हाललाई निःशुल्क भएको बताइन् ।

पछिल्लो २४ घन्टामा देशभर दुई सय ७५ कोरोनाका नयाँ संक्रमित देखिएका छन् । आठ हजार ६ सय २८ नमुना परीक्षण गर्दा सो संख्या फेला परेको हो । यसबीचमा पाँच सय ५५ जना निको भएको सरकारी तथ्यांक छ । एकजनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार अहिले देशभर नौ हजार दुई सय ८० जना सक्रिय संक्रमित छन् ।