मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ फाल्गुण १२ बिहीबार १४:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बन्दुकसहित तीन व्यक्ति पक्राउ

Read Time : < 1 मिनेट
२०७८ फाल्गुण १२ बिहीबार १४:०८:००

सशस्त्र प्रहरीले बन्दुकसहित तीनजनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गणमातहतको बिओपीबाट खटिएको गस्ती टोलीले बिहीबार कैलारी गाउँपालिका– ५ छोटीपलियाबाट कैलारी– ३ का लौटन चौधरी, सोही ठाउँका नीरेन्द्र चौधरी र सन्तराम चौधरीलाई दुईनाले बाह्रबोरको एक थान बन्दुकसहित पक्राउ गरेको  प्रहरी उपरीक्षक धनबहादुर सिंहले जानकारी दिए।

गुडिरहेको से.२प ८९२ नम्बरको बजाजको डिस्कोभर मोटरसाइकल रोकी जाँच गर्दा इजाजत नभएको एक थान बन्दुकसहित बन्दुकमा प्रयोग हुने पाँच थान टोटा–कार्टिज, तीन थान मोबाइल र उक्त मोटरसाइकल बरामद गरिएको जनाइएको छ। रासस