मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण ११ बुधबार २१:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पटक-पटक रोकिएको कांग्रेस जिल्ला अधिवेशन फेरि स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण ११ बुधबार २१:३४:००

प्रमुख सत्तारुढ दल कांग्रेसको पटक–पटक रोकिएको जिल्लाको अधिवेशन फेरि स्थगित भएको छ । आगामी १५ फागुनमा १६ जिल्लामा हुने तय भएको अधिवेशन फेरि स्थगित भएको हो । 

कांग्रेसले बुधबार सूचना जारी गर्दै ती जिल्लाको अधिवेशन आगामी २० फागुनमा हुने जनाएको छ । 

मुलुकमा विकसित राजनीतिक घटनाक्रम, संसदमा निर्णयार्थ प्रस्तुत र विचाराधीन राष्ट्रिय महत्वको विषय भएकाले अधिवेशन स्थगित गर्नुपरेको कांग्रेस निर्वाचन समितिले जनाएको छ।