१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
एजेन्सी नयाँ दिल्ली
२०७८ फाल्गुण ११ बुधबार २०:४१:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

सीमानामा एकतर्फी परिवर्तन अमान्य : भारतीय विदेशमन्त्री जयशंकर

Read Time : < 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
२०७८ फाल्गुण ११ बुधबार २०:४१:००

भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले भारत र चीनबीचको सीमा रेखाको यथास्थिति परिवर्तन अमान्य भएको बताएका छन् । उनले चीनबाट सीमारेखाको यथास्थिति एकपक्षीय रूपमा परिवर्तन गर्न लागिएको टिप्पणी गर्दै भारतले स्वीकार नगर्ने बताएका हुन् । यद्यपि सीमाका केही विषयमा उपलब्धि हासिल हुँदै गरेको पनि उनको भनाइ थियो । 
फ्रान्सको पेरिसमा आयोजित विज्ञहरूसँगको अन्तर्क्रिया कार्यक्रमलाई मंगलबार राति सम्बोधन गर्दै जयशंकरले लद्दाख क्षेत्रमा चीनले सीमा रेखा जबर्जस्ती बदल्न लागेको आरोप लगाए । यद्यपि चीनसँग केही महत्वपूर्ण क्षेत्रमा सहमति भएको र वार्ता जारी रहेको पनि उनको भनाइ थियो । 
भारत र चीनका सैन्य कमान्डरहरुबीच १३ औँ चरणसम्मको वार्ता भएको र संवाद जारी रहेको पनि उनको भनाइ थियो । ‘केही अन्य स्थानहरूमा अझै सहमति हुन सकेको छैन,’ उनले भने, ‘भारत र चीनबीच सीमा विवाद समाधान गर्नुको कुनै विकल्प छैन । यसका लागि कति समय लाग्छ भन्ने कुरा म भन्न सक्दिनँ । तर, समाधान गर्नैपर्छ ।’ 
भारत र चीनबीच उत्तर पूर्वी तथा उत्तर पश्चिमी हिमाली सीमा क्षेत्रमा दुई वर्षयता तनाब उत्पन्न हुँदै आएको छ । दुवैतर्फ ठूलो संख्यामा सैनिक तथा हातहतियार तैनाथी छ ।