मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ फाल्गुण ११ बुधबार १८:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले हुम्लालाई नेतृत्व छान्न सकस

Read Time : < 1 मिनेट
२०७८ फाल्गुण ११ बुधबार १८:५८:००

एमालेको हुम्ला जिल्लाको नेतृत्व छनोटमा सकस भएको छ । अधिवेशन भएको तीन दिन हुँदासमेत नेतृत्व छनोट गर्न रस्साकस्सी देखिएको छ । नयाँ नेतृत्वमा तीनजनाको आकांक्षी देखिएपछि नेतृत्व चयन गर्न सकस भएको हो ।

९० सदस्यीय जिल्ला कमिटीका लागि भूगोल र समावेशीका आधारमा सदस्य छान्ने कार्य भएको एक नेताले बताए । जिल्लाका सात गाउँपालिकाका र ४४ वटा वडामध्ये नाम्खा गाउँपालिका – ६ को लिमिबाहेक अन्य ४३ वडालाई भूगोल मानेर एक–एकजना जिल्ला कमिटी सदस्य छनोटको छलफल सुरु भएको बताए ।

अध्यक्षमा तीन आकांक्षी 
एमाले जिल्ला कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव रहने व्यवस्था छ । तर, अध्यक्षमा तीनजना आकांक्षी देखिएका छन् । अध्यक्षमा कुलबहादुर हमाल, ज्ञामी बुमी, डबल रावत अध्यक्षका आकांक्षी देखिएका छन् ।