१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ फाल्गुण १० मंगलबार ११:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चोरीको मोटरसाइकलसहित दुईजना नियन्त्रणमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ फाल्गुण १० मंगलबार ११:२३:००

काठमाडौंको सामाखुसीबाट चोरीको मोटरसाइकलसहित दुईजनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ । 

महाशाखाबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले सामाखुसीबाट महोत्तरी बर्दीबास घर भई काठमाडौंको कपन बस्ने २० वर्षीय सञ्जय विश्वकर्मालाई वास्तविक नम्बर परिवर्तन गरी प्रदेश ३–०२–१२ प ५५८२ नम्बर भएको एनएस पल्सर मोटरसाइकलसहित नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ । त्यसैगरी सोही स्थानबाट बा.९७प ३१५५ नम्बरको पल्सर मोटरसाइकलसहित संखुवासभाको खाँदबारी घर भई काठमाडौं बस्दै आएका रमेश राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

मोटरसाइकलसहित पक्राउ परेका दुवैजनालाई चोरी मुद्दा अनुसन्धान एवं कारबाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगन्ज पठाइएको महाशाखाले जनाएकाे छ ।