मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण ९ सोमबार ०६:३६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसियाको घातक रोग बिमा भुक्तानी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण ९ सोमबार ०६:३६:००

एनआइसी एसिया बैंकले आफ्ना बचतकर्तालाई घातक रोग बिमा भुक्तानी गरेको छ । बैंकले ‘न्यू प्रिमियम सुपर चामत्कारिक बचत खाता’ योजनामा उपलब्ध घातक रोग बिमा रकम भुक्तानी दिएको हो । काठमाडौंको बत्तीसपुतली शाखामा न्यू प्रिमियम सुपर चामत्कारिक बचत योजनाअन्तर्गतको ‘डायमन्ड श्रेणी’को खाता खोलेका श्यामप्रसाद पन्तलाई घातक रोगको उपचार बिमाबापत १० लाख रुपैयाँ बिमा रकम भुक्तानी गरिएको बैंकले जनाएको छ ।

पन्तलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले चेक हस्तान्तरण गरेका थिए । खातावाला पन्तलाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा उक्त बिमा रकम भुक्तानी गरिएको बैंकले जनाएको छ । यस बैंकको बिमासहितको बचत खाताअन्तर्गत हालसम्म देशभरका सात सयजनाभन्दा बढी ग्राहकले बिमाबापत चार करोड ३० लाख रुपैयाँभन्दा बढी रकम प्राप्त गरिसकेको जनाइएको छ । 

निक्षेप योजनाहरूलाई निरन्तर रूपमा थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ क्षेत्रकै सर्वश्रेष्ठ फाइदा रहेको सुनिश्चित गर्दै जाने बैंकको नीति तथा रणनीतिअनुसार ‘सर्वश्रेष्ठ बचत खाता’ योजनाअनुसार बिमा गरिएको बैंकले जनाएको छ । जसअनुसार गुडविल एम्बेस्डर श्रेणीअन्तर्गत पाँच वर्षका लागि खातावाला एवं निजले मनोनीत गरेको तीन अन्य व्यक्तिको प्रतिव्यक्ति २१ लाख रुपैयाँसम्मको गरी कुल ८४ लाख रुपैयाँसम्मको बिमा फाइदाको व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकले हाल देशभरमा तीन सय ५८ शाखा, चार सय ७३ एटिएम, ७६ विस्तारित काउन्टर तथा ८१ शाखारहित बैंकिङमार्फत सेवा दिँदै आएको जनाएको छ ।