Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ फाल्गुण ९ सोमबार ०६:०७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दिक्तेलमा साढे चार करोड लगानीमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क सञ्चालनमा

Read Time : < 1 मिनेट
२०७८ फाल्गुण ९ सोमबार ०६:०७:००

दिक्तेल बजारस्थित रत्नपार्कमा निर्माण गरिएको सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क सञ्चालनमा आएको छ । तल्लो तलामा १४ वटा सटर र माथिल्लो तलामा पाँचवटा स्टल तथा एउटा रेस्टुरेन्ट हलसहितको दुईतले सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्कको लागत चार करोड ३७ लाख रहेको छ । दिक्तेलमा चिल्ड्रेन पार्कसहितको सपिङ कम्प्लेक्स सञ्चालनमा आउँदा नगरपालिकाको मात्र नभई जिल्लाकै आर्थिक तथा पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा गरिएको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताए । 

पर्यटन मन्त्रालयको दुई करोड ५७ लाख र नगरपालिकाको एक करोड ८० लाख ८४ हजार लगानी भएको सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क उमा लामा–अनसुबी जेभीले निर्माणको जिम्मा लिएको थियो । तल्लो तलाको सटरमा कोसेलीघर, नगरपालिकाको तरकारी, जिल्लाका कृषकले उत्पादन संकलन केन्द्रलगायतका कक्ष राखेर अन्य कोठा व्यावसायिक प्रयोजनकै लागि भाडामा लगाइने नगरप्रमुख दीपनारायण रिजालले बताए ।

माथिल्लो तलाको सटरमा मःम, कफीसप, रेस्टुरेन्टजस्ता स्टल रहने सपिङ कम्प्लेक्सको पछाडिपट्टिको भागमा केटाकेटी खेल्ने स्विमिङ पुल, पिङलगायतका संरचनासहितको आकर्षक पार्क निर्माण गरिएको छ । दिक्तेलमा निर्माण गरिएको सपिङ कम्प्लेक्ससहितको चिल्ड्रेनपार्क जिल्लाकै पहिलो हो ।