१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नवदीप अजनवी नुवाकोट
२०७८ फाल्गुण ८ आइतबार १९:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नुवाकोटमा यात्रुबाहक बस दुर्घटना : ८० जना घाइते

Read Time : < 1 मिनेट
२०७८ फाल्गुण ८ आइतबार १९:३९:००

नुवाकोटको किस्पाङ गाउँपालिकाको सल्मेबाट त्रिशूली आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ८० जना घाइते भएका छन्। आइतबार किस्पाङ ३ किर्नेबगरमा प्रदेश नं ३–०१–००६ ख १५४१ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा सातजना सिकिस्त, २८ जना गम्भीर र ४५ जना सामान्य घाइते भएको त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले जानकारी दिए। अस्पतालले ११ जनालाई थप उपचारको लागि काठमाडौं पठाएको छ । सिकिस्त घाइतेमध्ये तीनजनालाई हेलिकोप्टरमार्फत काठमाडौं पठाएको अस्पतालले जनाएको छ । अन्य घाइतेको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ ।

कच्ची तथा साँघुरो सडक र क्षमताभन्दा बढी यात्रु बोकेको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। घुम्तीमा मोड्ने क्रममा बस सडकबाट खेतमा खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जनार्दन घिमिरेले जानकरी दिए। ४२ सिट क्षमताको बसमा ८० जना सबार थिए। सामान्य घाइते भएका चालक लासाङ तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।