१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण ७ शनिबार १२:२०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा एसको स्थायी कमिटी बैठक सुरु, एमसिसीबारे धारणा बनाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण ७ शनिबार १२:२०:००

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु भएको छ। बानेश्वरमा बसेको बैठकले एमसिसीको विषयमा आधिकारिक धारणा बनाउने जनाइएको छ। नेकपा एसका अध्यक्ष माधव नेपाल अमेरिकी सहयोग परियोजना एमसिसी परिमार्जन गर्नुपर्ने पक्षमा छन्।

शुक्रबार बसेको सत्तागठबन्धनको बैठकमा अध्यक्ष नेपालले आफ्नो पार्टीको स्थायी कमिटीको बैठक शनिबार बस्न लागेको र त्यहाँ छलफल गरेर अन्तिम धारणा राख्ने बताएका थिए। त्यसपछि बैठक आधा घन्टा पनि नबसी बैठक सकिएको थियो।
सत्तागठबन्धनमा नेपाली कांग्रेसबाहेकका दल यथास्थितिमा एमसिसी पारित गर्न नहुने पक्षमा छन्।