मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ फाल्गुण ६ शुक्रबार १७:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमसिसी पास भए देश गृहयुद्धमा जान सक्छ : सिपी गजुरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ फाल्गुण ६ शुक्रबार १७:३८:००

देशभक्त जन गणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले एमसिसी पास भए देश गृहयुद्धमा जान सक्ने बताएका छन् । शुक्रबार एमसिसीको विपक्षमा रहेका विभिन्न पार्टी तथा भ्रातृ संगठनहरूले काठमाडौंमा गरेको विरोध प्रदर्शनका क्रममा बोल्दै अध्यक्ष गुजरेलले एमसिसी संसदबाट पास भए राष्ट्रिय युद्धको खतरा रहेको बताएका हुन् ।

उनले  नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग मिलेर एमसिसी पास गराउने षड्यन्त्रमा लागिरहेको आरोप लगाउँदै एमसिसी पास भएमा देशमा विकराल अवस्था सिर्जना हुने दाबी गरे । अध्यक्ष गजुरेलले कतिपयले एमसिसीलाई ५० करोड डलरमा मात्रै सीमित गरिरहेको भन्दै युद्धलाई पैसाले रोक्न नसकिने जिकिर गरे । उनले प्रधानसेनापतिले पूर्वमा गएर देश विदेशीको हातमा सुम्पिए नेपाली सेना चुप लागेर नबस्ने बताएको भन्दै नेपालको राष्ट्रिय स्वाधीनतामाथि बाह्य हस्तक्षेप भयो भने राष्ट्रिय युद्ध हुन सक्ने बताए । 

अध्यक्ष गजुरेलले अहिले देश गम्भीर मोडमा रहेको बताए । उनले  अमेरिकी सरकारद्वारा प्रोयोजित रूपमा दिएको एमसिसी पास गर्न अमेरिकाले दबाब दिइरहेको समेत आरोप लगाए । अध्यक्ष गजुरेलले देशलाई संकटबाट बचाउन नयाँ तरिकाबाट अघि बढ्न आवश्यक रहेको बताउँदै लाखौँ जनता, देशभक्त, क्रान्तिकारीहरू एमसिसी सम्झौता खोरेजीको पक्षमा रहेको दाबी गरे । 

त्यस्तै उनले  शासक वर्गहरूले कुनै पनि वेला राष्ट्रघाती एमसिसी सम्झौता पारित गर्न सक्ने शंका व्यक्त गर्न सक्ने भएकोले अझै सशक्त भएर आन्दोलन गर्न आह्वान गरे । अध्यक्ष गजुरेलले एमसिसी पारित भए अमेरिकी सेनालाई, अमेरिकी सरकारलाई नेपालबाट लखेट्न गाह्रो हुने बताए ।